यस्तो देखियो मन्थलीमा सरकार विरुद्ध कांग्रेसको विरोध सभा (फोटोफिचर)



१७ माघ, रामेछाप ।
प्रतिनिधिसभा विघटनको विरुद्ध नेपाली कांग्रेस रामेछापले मन्थलीमा विरोधसभाको आयोजना गरेको छ । काग्रेसका भातृ संथाहरुको आयोजनमा मन्थलीमा विरोध र्याली सहितको सभा सुरु भएको हो ।

विरोध सभा अघि थापाचोकबाट मोटरसाइकल र्याली निकालिएको थियो । सभालाई नेपाल तरुण दलका सभापति जितजंग बस्नेत, रामेछापका जिल्ला सभापति लवश्री न्यौपाने लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । बिपि चोबाट सुरु भएको विरोध र्याली बजार परिक्रमा गर्दै जिल्ला समन्वय समितिको प्राङगणमा पुगेर सभामा परिणत भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्