रामेछापमा ४ बजेदेखि यातायात सञ्चालन हुने



२२ माघ, रामेछाप ।
नेकपा प्रचण्ड–नेपाल समुहको आमहडतालको कारण आज बिहानबाटै प्रभावित भएको यातायात सेवा दिउसो चार बजेबाट सुचारु हुने भएको छ । रामेछाप जिल्लामा हामहडतालको कारण सहज रुपमा यातायात सञ्चालन हुन सकिरहेको छैन् ।

नेकपाका नेता कार्यकर्ताहरु आमहडताल सफल बनाउन मन्थली बजार सरसफाई अभियानमा जुटेका छन् । नेकपाका नेता ज्ञान कुमार श्रेष्ठले साढे तीन बजे देवकोटा चोकमा कोण सभा गरेर यातायात सञ्चालन गर्न दिने बताए । जिल्ला प्रहरी कार्यालय रामेछापले भने बिहान र दिउसो गरी दुई पटक जिल्ला भित्रिएका र बाहिरिने सवारी साधनलाई स्कटिङ गरेर नाकासम्म पुर्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्