पर्यटकीय गन्तव्य गाउँ दोरम्बामा हिउ पर्‍यो, सैलुङमा हिउ खेल्नेको भिड (फोटोफिचर)



२६ माघ, रामेछाप ।
रामेछापको पर्यटकीय गन्तव्य गाउँ दोरम्बामा हिउ परेको छ । यस बर्ष पहिलो पटक दोरम्बा गाउँपालिकाको उच्च क्षेत्रमा हिउ परेको हो । दोरम्बा गाउँपालिकाको सैलुङ क्षेत्रमा भारी हिमपात भएको छ ।

त्यसैगरी गाउँपालिकाको दोरम्बा अग्लेश्वर लगायतको ठाउँमा हिमपात भएको छ । हिउ परेसँगै सैलुङमा हिउ खेल्ने आन्तरिक पर्यटकहरुको घुइँचो लागेको छ । दोरम्बा गाउँपालिका–२ दोरम्बाका वडा अध्यक्ष खड्ग बहादुर श्रेष्ठले सैलुङमा हिउ खेल्नको लागि आज बिहानदेखि आन्तरिक पर्यटकहरुको भिड बढेको बताए ।

तस्बीरः रञ्जित मोक्तानबाट

प्रतिक्रिया दिनुहोस्