सुनापति गाउँपालिकाद्धारा तीन दिन सार्वजनिक विदा दिने निर्णय



२६ माघ, रामेछाप ।
सुनापती गाउँपालिकाले तीन दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । आज बसेको गाउँ कार्यपालिकाको बैठकले २८५७ औं सोनाम ल्होछारको अवसरमा माघ २९,३० र फागुन १ गते गाउँपालिकाभित्र सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामाले विगतमाझैं यस बर्ष पनि ल्होछार पर्वको अवसरमा तीन दिन सार्वजनिक विदा दिने निर्णय गरेको रामेछाप न्युजलाई बताए । गत बर्ष पनि गाउँपालिकाले ल्होछार पर्वको अवसरमा विदा दिने निर्णय गरेको थियो ।

सुनापती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणि काफ्लले ल्होछारको अवसरमा तीन दिन सार्वजनिक विदा निर्णय गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्