खाँडादेवी गाउँपालिकाद्धारा २ दिने सार्वजनिक विेदा दिने निर्णय



२७ माघ, रामेछाप ।
खाँडादेवी गाउँपालिकाले दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँ कार्यपालिकाको बैठकले तामाङ समुदायको पर्व २८५७ औं सोनाम ल्होछारको अवसरमा माघ २९ र ३० गते गाउँपालिकाभित्र सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले ल्होछार पर्वको अवसरमा दुइ दिन सार्वजनिक विदा दिने निर्णय गरेको रामेछाप न्युजलाई बताए । गत बर्ष पनि गाउँपालिकाले ल्होछार पर्वको अवसरमा विदा दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्