राष्ट्रिय युवा संघको सचिवमा रामेछापका गुरुङ चयन



२७ माघ, काठमाडौं ।
नेकपा ओली समुह निकट राष्ट्रिय युवा संघको केन्द्रीय सचिवमा जय गुरुङ चयन भएका छन् । राजधानीमा सम्पन्न युवा संघको भेलाबाट गुरुङ सचिवमा चयन भएका हुन् । राष्ट्रिय युवा संघ रामेछापका इन्चार्ज समेत रहेका गुरुङ यसअघि दुई कार्यकाल केन्द्रीय सदस्य भइसकेका छन् ।


रामेछाप न्युजसँग कुराकानी गर्दै सचिव गुरुङले युवा संघ निर्वाचनको अभियानमा जुटने बताए । उनले निर्वाचनको वातावरण बनिसकेको बताउदै देशव्यापी रुपमा निर्वाचनको अभियानमा युवाहरु जुटने बताए ।

प्रतिक्रिया दिनुहोस्