रामकुमारी झाँक्रीलाई पक्राउ गर्न घरमा पुग्यो प्रहरी



२९ माघ, काठमाडौं ।
प्रहरीले राष्ट्रपति विद्यादेवी भण्डारीको विरुद्ध बोलेको भन्दै नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरीको टोली घरमा पुगेको छ । झाँक्रीलाई पक्राउ गर्न महानगरीय अपराध महाशाखाबाट खटिएको डिएसपीको नेतृत्वको टोली घरमा पुगेको हो । नेतृ झाँझीले आफूलाई पक्राउ गर्न सिभिलमा घर बाहिर प्रहरी आएको रामेछाप न्युजलाई जानकारी दिइन । प्रहरीले भने सोधपुछको लागि बोलाउन आउन नमानेपछि पक्राउ पुर्जी जारी गरेर पक्राउ गर्न टोली खटाएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्