रामेछापका जिसस प्रमुख खडकालाई मात‍‌ृ शोक



रामेछापका जिसस प्रमुख खडकालाई मात‍‌ृ शोक

२९ माघ, रामेछाप ।
जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खडकालाई मातृ शोक परेको छ । खडकाका आमा भद्रमाया खड्काका आज ८९ बर्षको उमेरमा निधन भएको हो । खाँडादेवी गाउँपालिका–८ गागल भदौरे निवासी भद्रमाया खड्काको निधनप्रति बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले दुःख व्यक्त गरेका छन् । उनले प्रेम बहादुर खडकाका आमाको निधनप्रति दुःख व्यक्त शोक सन्तप्त परिवारप्रति संमवेदना व्यक्त गरेका छन् ।
त्यसैगरी खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर खडकाले पनि जिसस प्रमुख खडकाका आमाको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्