रामकुमारी झाँक्री पक्राउ



२९ माघ, काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ । चर्को नारावाजीकोबीच झाँक्रलाई निवासबाटै पक्राउ परेको हो । पक्राउ गर्नुअघि महानगरीय अपराध महाशाखाले पक्राउ पुर्जी थपाएको थियो । उनले कानुनको पालना गर्ने भएकाले गिरफ्तारी दिने बताएको थिइन । गिरफ्तारी दिनु अघि उनले सरकारले नागरिकको बोल्न पाउने अधिकारमाथि हस्तक्षप गर्न लागेको प्रक्रिया दिइन ।

प्रतिक्रिया दिनुहोस्