आगलागीबाट ज्यान गुमाएकी शेर्पाको परिवारलाई प्रजिअ शर्माले घरमै पुगेर दिए राहत



३० माघ, रामेछाप ।
गोकुलगंगा गाउँपालिका–२ ठोसमा आगलागिबाट ज्यानु गुमाउने परिवारलाई रामेछापका प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्मा (गुरागाई)ले घरमै पुगेर राहत दिएका छन् ।

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रजिअ शर्मासहितको टोलीले आगलागीबाट ज्यानु कुमाएकी ८० बर्षिय बृद्धा पासाङलेकी शेर्पाको घरमा पुगेर राहत दिएको हो । शुक्रवार प्रजिअ शर्माले बिपद् ब्यबस्थापन कोषबाट मृतक परिवारलाई २ लाख १५ हजार पीडित परिवारलाई प्रदान गरे । राहत वितरण गर्दै प्रजिअ शर्माले राहतलाई सही ढंगेल सदुपयोग गर्न आग्रह गर्दै नागरिकको दुःखमा सरकारले सहयोग गर्ने बताए ।

गत सोमबार राती घरमा आगलागी हुँदा शेर्पाको निधन भएको थियो । आगलागीबाट करिब पाँच लाख रुपैयाँ भन्दा बढीको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख नवराज ढुंगानाले बताए ।
पीडित परिवारलाई ५ वटा ओड्ने बलाङकेट, भाडाकुडा, २ वटा त्रिपाल लगाएतका सामाग्री हस्तान्तरण गरिएको प्रजिअ शर्माले रामेछाप न्युजलाई जानकारी दिए ।
त्यसैगरी गोकुलगंगा गाउँपालिकाले पनि मृतक परिवारको लागि पचास हजार नगद सहित खाद्यन सहयोग गरेको अध्यक्ष खड्ग बहादुर सुनुवारले बताए ।

प्रतिक्रिया दिनुहोस्