रामेछापका आठ वटै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत चितवनमा



१ फागुन, काठमाडौं ।
रामेछापका आठ वटै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरु बागमती प्रदेश सरकारद्धारा आयोजित कार्यक्रममा सहभागी भएका छन् । बागमती प्रदेशका सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत सहभागी कार्यक्रममा रामेछापका प्रमुख प्रशासकीय अधिकृत पनि सहभागी भएका हुन् ।
स्थानीय तहहरुको असल अभ्यास आदान प्रदान तथा समिक्षा कार्यक्रम चितवनको पार्क भिलेज रिसोर्टमा माघ ३० गतेदेखि सुरु भएको हो । गोष्ठि भोली सम्पन्न हुनेछ ।

रामेछापका सुनापती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिृकत राममणि काफ्ले, दोरम्बा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धिरज मरासेनी, खाँडादेवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास सुन्दास, मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय लिलाराज पौडेल, रामेछाप नगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत रामचन्द्र लामगादे, लिखु तामाकोसी गाउँपालिकाका पदम प्रसाद अधिकारी, गोकुलगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रसाद सुवेदी, उमाकुण्ड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद सुवेदी सहभागी रहेका छन् ।

तस्बीरः विकास सुन्दासको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस्