कांग्रेसका केन्द्रीय सदस्य हुमागाई भोली रामेछाप आउने



२ फागुन, रामेछाप ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईं भोली रामेछाप आउने भएका छन् । नेपाली कांग्रेस रामेछापले प्रतिनिधिसभा विघटनको विरुद्ध आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्न हुमागाई रामेछाप आउने भएका हुन् ।


कांग्रेसका केन्द्रीय सदस्य एवं श्रमिक तथा ट्रेड युनियन विभागका प्रमुख हुमागाईले भाेली रामेछाप आउने तय भएको कांग्रेस सभापति लवश्री न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस्