राष्ट्रिय कविता प्रतियोगितामा रामेछापका परियार बने प्रथम



६ फागनु, रामेछाप ।
राष्ट्रिय कविता प्रतियोगीतामा रामेछाप सुनापती गाउँपालिका–४ बेथानका विक्रम पवन परियार प्रथम हुन सफल भएका छन् । ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानद्धारा देशभरबाट छनौटको लागि परेका कविता मध्ये परियारको कविता प्रथम हुन सफल भएको हो ।


विक्रम पवन परियारले लेखेको ‘फर्क अब आफ्नै देश’ शीर्षको कविता प्रथम भएको प्रज्ञा प्रतिष्ठानद्धारा गठित मूल्याङ्कन समितिले बताएको छ । प्रतिष्ठानले प्रथम भएका परियारलाई भोली प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा पचास हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गर्नेछ ।
त्यसैगरी कविता प्रतियोगीतमा तनहुका गोविन्दगोपाल खतिवडा द्धितीय र खोटाङका तेज राई तृतीय हुन भएका छन् ।

यसअघि पनि परियारले कविता विधामा पुरस्कृत भइसकेका छन् । परियारका २०६८ सालमा ‘जलेको मुटु’ गजल संगह, २०७१ मा खण्डकाव्य, पाँच वटा गीत रेकर्ड भएका छन् । परियार नेपाली सेनामा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्