रामेछापको मन्थलीमा एक पुरुषको शव भेटियो



६ फागुन, रामेछाप ।
रामेछापको मन्थली नगरपालिका–१ एयरपोर्ट नजिकै तामाकोसी नदीमा एक पुरुषको शव भेटिएको छ । मंगोलियन अनुहार भएका रातो ज्याकेट निलो ट्रयाक लगाएका करिब ५० बर्षको पुरुषको शव आज फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशकंर श्रेष्ठले जानकारी दिए । उनका अनुसार नदी किनारामा फेला परेको पहिचान नखुलेको शवको मुचुल्का गरिएको छ । प्रवक्ता श्रेष्ठले लाशको प्रकृति हेर्दा एक दिन अघि भएको जस्तो देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्