५० हजार नगदसहित रामेछापका परियार प्रधानमन्त्री ओलीद्धारा सम्मानित



७ फागुन, काठमाडौं ।
राष्ट्रिय खुल्ला कविता प्रतियोगीता प्रथम भएका रामेछाप सुनापती गाउँपालिका–४ बेथानका विक्रम पवन परियार पचास हजार नगद पुरस्कार सहित सम्मानित भएका छन् । शुक्रवार ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानद्धारा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम भएका परियारलाई सम्मान गरेका हुन् ।

देशभरबाट छनौटको लागि परेका कविता मध्ये परियारको कविता प्रथम हुन सफल भएका थिए । विक्रम पवन परियारले लेखेको ‘फर्क अब आफ्नै देश’ शीर्षको कविता प्रथम भएको थियो ।सो अवसरमा प्रधानान्त्री ओलीले राष्ट्रव्यापी कविता र निबन्ध प्रतियोगितामा उत्कृष्ट हुनुभएका सर्जकलाई नगद र सम्मानपत्रसहित सम्मान गरेका थिए ।

निबन्धतर्फ गणेशप्रसाद भट्टराई प्रथम, रेजिना आपगाई दोस्रो र प्रेमराज सिलवाल तेस्रो तथा कवितातर्फ विक्रमपवन परियार प्रथम, गोविन्दगोपाल खतिवडा दोस्रो र तेज राई तेस्रो भएका थिए । उनीहरुलाई क्रमशः ५० हजार, ४० हजार ररु ३० हजार प्रदान गरिएको थियो । नेपाल प्रज्ञा–प्रतिष्ठानलाई देशभरबाट १७३ कविता तथा ७३ निबन्ध प्राप्त भएका थिए । सो अवसरमा विभिन्न वेशभूषा र संस्कृति झल्किने सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्