मन्थली सहिद स्मृति क्याम्पसको अध्यक्षमा घिमिरे



८ फागुन, रामेछाप ।
मन्थली नगरपालिकाको मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा पुनः रामचन्द्र घिमिरे वियोगी निर्विरोध चयन भएका हुन् । शनिवार भएको भेलाबाट सुवेदी अध्यक्षमा निर्विरोध चयन भएका हुन् । त्यसैगरी पाँच जना सदस्यहरु पनि निर्विरोध चयन भएका छन् । सदस्य चयन हुनेहरुमा प्रकाश कुमार कार्की ,उज्वल सुवेदी , रमेश ढुंगेल ,युवराज सुवेदी , देवीका पौडेल रहेका छन् । क्याम्पस प्रमुख ऋषी कार्की सदस्य सचिव रहेका छन् ।


त्यसैगरी सञ्चालक समितिको बैठकले गंगालाल गोले ,कुमार श्रेष्ठ, दिनेश सुवेदी, गंगा अधिकारीलाई क्याम्पस सञ्चालक समितिको सदस्यमा मनोनित गरेको छ ।


क्याम्पस सञ्चालक समितिको पदेन सदस्यहरुमा मन्थली क्याम्पसका निवर्तमान अध्यक्ष धुब्र प्रसाद सुवेदी, मन्थली नगरपालिका–१का वडाध्यक्ष नारायणदास श्रेष्ठ, क्याम्पस प्रध्यापक संघका प्रतिनिधि दिनेश कुमार कार्की , स्ववियू सभापति कपील मगर, मन्थली माविका अध्यक्ष धुब्र कुमार कार्की ,मन्थली माविका प्रअ टंक दाहाल,त्रिभुवन विश्व विद्यालयका प्रतिनिधि डा. वाशुदेव गौतम लगायत रहेका छन् । घिमिरे यसअघि पनि मन्थली क्याम्पसको अध्यक्ष भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्