७ करोड ५५ लाखमा बन्यो जिल्ला प्रहरी कार्यालयको भवन



९ फागुन, रामेछाप ।
जिल्ला प्रहरी कार्यालयको नयाँ भवन निर्माण सम्पन्न भएको छ । संघीय सरकारको लगानीमा प्रहरी कार्यालय भवन निर्माण भएको हो । ७ करोड ५५ लाख ३३ हजार ६ सय ५ रुपैयाँ ५५ पैसाको लागतमा भवन निर्माण सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी नवराज ढुंगानाले जानकारी दिए ।

कूल ११,१७० वर्ग फिट क्षेत्रफलमा निर्मित ३/३ तले उक्त दुवै भवन फ्रेम स्ट्रक्चरमा निर्माण गरिएको छ । उक्त कार्यालय भवनमा ५ वटा हिरासत कक्ष सहित २२ कोठा,ब्यारेक भवनमा ९ वटा कोठा र दस वटा शौचालय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्