३१ स्वर्णसहित ६९ पदक जित्दै मन्थली माविले मार्‍यो बाजी



९ फागुन, रामेछाप ।

मन्थली नगरस्तरीय तेस्रो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा ३१ स्वर्ण पदक जित्दै मन्थली माविले बाजी मारेको छ । । मन्थली माविले ३१ स्वर्ण, २१ रजत र १७ कास्य पदक सहित ६९ पदक जित्दै प्रथम हुन सफल भएको हो । यस बर्ष पनि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका बाजी मार्न मन्थली मावि सफल भएको छ । शुक्रबार देखि सुरु भएको प्रतियोगिता आज सम्पन्न भएको छ ।

प्रतियोगीतामा कर्कला देवी अग्रेजी बोर्डिङ स्कुलले ५ स्वर्ण, ८ रजत र ९ कास्य गरी २२ पदक जितेको छ भने सेतीदेवी मावि सालुले ५ स्वर्ण, ५ रजत र ४ कास्य गरी १४ पदक जितेको छ । मन्थली मावि नगरस्तरीय अन्तर माध्यमिक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा २२ वटा बिद्यालयहरुले सहभागिता जनाएका थिए ।

मन्थली माविका प्रअ टंक दाहालले यस बर्ष पनि विद्यालयलाई प्रथम बनाउन सफल भएकोमा खेलाडी शिक्षक, विद्यालय व्यवस्थापन समितिलाई धन्यवाद दिएका छन् । उनले भने,‘मन्थली माविले यस बर्ष पनि विगतको विरासत जोगाउन सफल भएको छ, आगामी दिनमा झन राम्रो गरेर देखाउछौं ।’

विजयी खेलाडीहरुलाई मन्थली नगरपालिकाका नगरप्रमुख रमेश कुमार बस्नेतले पदक प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्