अनेमसंघ रामेछापद्धारा मन्थलीमा विरोध प्रदर्शन (फोटोफिचर)



९ फागुन, रामेछाप ।
प्रतिनिधिसभा विघटनको विरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड–नेपाल समुह निटक अखिल नेपाल महिला संघ रामेछापले मन्थलीमा विरोध प्रदर्शन गरेको छ । केन्द्रको घोषित कार्यक्रम अन्तर्गत अनेमसंघले मन्थलीमा विरोध प्रदर्शन गरेको हो । प्रतिनिधिसभा विघटनको विरोध गर्दै अनेमसंघले हत्या हिंसा र बलात्कारको घटना रोक्न सरकारसँग माग गरेको छ ।

विरोधसभालाई सम्बोधन गर्दै संविधानसभाका सदस्य लक्ष्मी गुरुङले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरिएको बताउदै आन्दोलनकै बलबाट संसद पुर्नस्थापना हुने दावी गरिन । उनले महिला हिंसा र बलात्कारको घटना ढिरहेको बताउदै शान्ति सुरक्षा कायम गर्न सरकार असफल भएको आरोप लगाइन ।

विरोध सभामा लिखु तामाकोसी गाउँपालिकाका उपाध्यक्ष दिपशिखा दाहाल, खाँडादेवी गाउँपालिकाका उपाध्यक्ष मखमली श्रेष्ठ, सुनापती गाउँपालिकाका उपाध्यक्ष गिता विष्ट लगायत महिला नेताहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्