नेकपा प्रचण्ड–नेपाल समुह रामेछापको अध्यक्षमा मोक्तान र सचिवमा पौडेललाई नै निरन्तरता



१० फागुन, रामेछाप । नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड–माधव नेपाल समुहले ६५ जिल्लाको नेतृत्व चयन गरेको छ । केन्द्रीय सचिवालयले जिल्ला अध्यक्ष र सचिव चयन गरेको हो ।

प्रचण्ड–नेपाल समुहले रामेछापको जिल्ला नेतृत्व टुंगो लगाएको छ । पार्टीले यसअघि अध्यक्ष रहेका मैन कुमार मोक्तान र सचिव रहेका शान्ति पौडेललाई नै निरन्तरता दिने निर्णय गरेको हो । दुई पार्टी एकता गर्दा पूर्व माओवादीले अध्यक्ष र पूर्व एमालेले सचिव पद लिएको थियो । मोक्तान पूर्व माओवादीबाट अध्यक्ष बनेका हुन भने पौडेल पूर्व एमालेबाट सचिव भएका थिए ।

प्रतिनिधिसभा विघटन भएसँगै पार्टी विभाजन भएसँगै केपी ओली समुहले आनन्द श्रेष्ठलाई अध्यक्ष र पुरुषोत्तम कडरियालाई सचिवमा चयन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्