सबैले आ–आफ्नो जिम्मेवारी पूरा गरे देश सुन्दर बन्छः कुलमान घिसिङ



१० फागुन, रामेछाप ।
नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले सबैले आ–आफ्नो जिम्मेवारी पूरा गरे देश सुन्दर बन्ने बताएका छन् । उनले सबैले आफ्नो दायित्व र जिम्मेवारी पूरा गरेको अवस्थामा देश सुन्दर बन्ने बताएका हुन् ।सोमबार काठमाण्डौमा विद्यार्थीहरू माझ भएको एक कार्यक्रममा बोल्दै पूर्वकार्यकारी निर्देशक घिसिङले अब हरेक व्यक्ति आत्मनिर्भर हुनुपर्नेमा जोड दिए । उनले भने,‘हरेक व्यक्तिले आफ्नो जिम्मेवारी मात्रै पूरा गरे देश सुन्दर हुनेछ ।’

घिसिङले आफ्नो कार्यकालमा लोडसेडिङ अन्त्यसँगै ३२ वर्षसम्म घाटामा रहेको प्राधिकरणलाई नाफामा ल्याउन सकेको बताउदै इमान्दार भएर काम गरेको अवस्थामा राम्रो परिणाम ल्याउन सकिने बताए । आफ्नो कार्यकालमा प्राधिकरणलाई झण्डै ४० अर्ब नाफामा ल्याएको बताउदै घिसिङले दृढ इच्छा शक्ति भए असम्भव मानिएको काम पनि सफलतापूर्वक गर्न सकिने विश्वास व्यक्त गरे ।

उक्त कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपालको राजनीति बदलिनुपर्ने बताए । अहिले चलिरहेको नेपाली राजनीतिले देशको जिम्मेवारीको भारी बोक्न नसक्ने भन्दै राजनीति बदलिनु पर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्