अब हामो नेतृत्वमा सरकार बन्छः नेता श्रेष्ठ



११ फागुन, रामेछाप ।
नेकपा प्रचण्ड–नेपाल समुहका नेता एवं तत्कालिन संविधानसभाका सदस्य नारानारायण पार्टीभित्र अल्मतमा परेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको बताए । संविधानमा कहीँकतै पनि विघटन गर्ने प्रावधान नभएको बताउदै उनले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गर्ने बताए ।

मन्थली नगरपालिकाको फुलासीमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै नेता श्रेष्ठले भने,‘ओली नेतृत्वको सरकार अल्मतमा परेर ढलिसक्यो, अब हाम्रो नेतृत्वमा सरकार बन्छ ।’ पार्टीको तीन तिहाई बहुमत केन्द्रीय सदस्य आफूहरुसँग रहेको बताउदै निर्वाचन आयोगले बहुमत भएकालाई नै आधकारिकता दिने दावी गरे ।

नेता श्रेष्ठले भने,‘अहिले सरकार असंवैधानिक रुपमा पद बाँडदै हिडेको छ, अहिले सरकार गरेको सबै राजनीतिक नियुक्तीहरु नयाँ सरकार बनेपछि बदर हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्