देउवालाई प्रधानमन्त्री बन्न प्रचण्ड–नेपालको प्रस्ताव



१२ फागुन, काठमाडौं ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरेलगत्तै नयाँ सरकार गठनको गृहकार्य सुरु भएको छ । नयाँ सरकार गठनको लागि नेतहरुबीच संवाद अगाडि बढेको छ । बुधबार नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल तथा काँग्रेसका सभापति शेरबहादुर देउवाबीच नयाँ सरकार गठनबारे प्रारम्भिक चरणको छलफल भएको छ ।

सभापति देउवालाई भेटनको लागि अध्यक्षद्धय प्रचण्ड र नेपाल देउवा निवास बुढानिलकण्ठमा पुगेका थिए । भेटमा प्रचण्ड र नेपालले देउवालाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेका छन् । तर देउवाले पार्टीभित्र छलफल गरेर मात्र जवाफ दिने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्