यस्तो देखियो नेकपा ओली समुह दोरम्बा गाउँ कमिटीले आयोजना गरेको सभा (फोटोफिचर)



१५ फागुन, रामेछाप ।
नेकपा ओली समुह दोरम्बा गाउँ कमिटीले आयोजना गरेको सभा सम्पन्न भएको छ । दोरम्बा गाउँपालिकाको केन्द्र टोकपुरमा आयोजित सभालाई नेकपाका केन्द्रीय सदस्य एवं बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, केन्द्रीय सदस्य कमल चाैलागाई, माधव ढुंगेल, केन्द्रीय महाधिवेशन आयोजक समितिका सदस्यहरु रत्न गौतम, भुवन घिमिरे, तुला प्रसाद कंडेल लगायतले सम्बाेधन गरेका थिए ।

उक्त्र  सभामा नेकपा ओली समुह रामेछापका अध्यक्ष आनन्द श्रेष्ठ, सचिव पुरुषोत्तम कडेरिया लगायतको सहभागीता रहेको थियो । नेकपा ओली समुहले सुनापती गाउँपालिका बाहेक अन्य स्थानीय तहमा सभा सम्पन्न गरिसकेको छ ।

यस्तो देखियो सभा

प्रतिक्रिया दिनुहोस्