मन्थलीको कुनौरीमा ट्रिपर दुर्घटना, घाइतेलाई काठमाडौं लगिदै



१७ फागुन, रामेछाप ।
मन्थली नगरपालिकाको कुनौरीमा ट्रिपर दुर्घटना भएको छ । दुर्घटनमा परी चालक ३१ ब्र्षिय टेक बहादुर श्रेष्ठ गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशकंर श्रेष्ठले हात्तीटारबाट मन्थलीतर्र्फ बालुवा लिएर आउदै गरेको बा ३ ख ५३६७ नम्बरको ट्रिपटर दुर्घटना भएको रामेछाप न्युजलाई बताए । उनका अनुसार दुर्घटनाबाट घाइते भएका चाकलको टाउको र दाहिने कुहिनो गम्भीर चोट रहेकाले थप उपचारको लागि काठमाडौं पठाउने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्