रामेछापका नयाँ प्रजिअ सैजुले फागुन २३ गतेबाट जिम्मेवारी सम्हाल्ने



१९ फागुन, रामेछाप ।
रामेछापका नयाँ प्रमुख जिल्ला अधिकारी गौलोचन सैजु यही फागुन २३ गतेबाट जिम्मेवारी सम्हाल्ने भएका छन् । रामेछापका प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्मा (गुरागाइ)को जिल्ला आएको दुई महिनामै सरुवा भएसँगै रामेछापको नयाँ प्रजिअमा सैजुको सरुवा भएको यियो ।

हाल शर्मा मातृ शोकमा रहेको कारण नयाँ प्रजिअ सैजु आउनमा केही दिन समय लागेको छ । रामेछापका नयाँ प्रजिअ सैजुले फागुन २३ गतेबाट आफूले जिम्मेवारी सम्हाल्ने रामेछाप न्युजलाई बताए । सैजु यसअघि हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यगमन कार्यालयको प्रमुखको रुपमा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्