रामेछापका तीन गाउँपालिकाका अध्यक्ष एकै ठाउँमा



२२ फागुन, रामेछाप ।
रामेछापका तीन गाउँपालिकाको केन्द्र रहेको गाल्वा बजारमा देशकै पहिलो नेशनल तेक्वान्दो आइटीएफ एकेडेमी सञ्चालनमा आएको छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलको पहलमा निर्माण भएको एकेडेमी सञ्चालनमा आएको हो ।

oznorMB

१ करोड १० लाख रुपैयाँमा निर्माण सम्पन्न नवनिर्मित एकेडेमीको तीन गाउँपालिकाका अध्यक्षहरुले संयुक्त रुपमा उदघाटन गरेका छन् । खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङ, सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामा र दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले एकेडेमीको संयुक्त रुपमा उदघाटन गरे ।

खाँडादेवी गाउँपालिको गाल्वामा निर्माण भएको नयाँ एकेडिमीमा दुई दिने राष्ट्रिय रेफ्री सेमिनार पनि सम्पन्न भएको छ । गाल्वामा एकेडेमी हल निर्माण भएपछि राष्ट्रिय स्तरको रेफ्रीहरुको सेमिनार राखिएको नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका केन्द्रीय सदस्य रुपसिङ्ं मोक्क्तानले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्