संसदकाे बैठक बसेकै दिन बहिष्कार र नारावाजी (फोटोफिचर)



२३ फागुन, काठमाडौं ।
प्रतिनिधिसभा पुर्नस्थापित भएपछि बसेको पहिलो बैठक नै बहिष्कार र अवरुद्ध हुन पुगेको छ । संसद पुर्नस्थापना भएपछि आइतवार बसेको संसदको बैठक सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–नेपाल समुहले सरकारको वैधतामाथि प्रश्न उठाउदै बहिष्कार गरेको हो ।

निर्धारित समय भन्दा एक घण्टा ढिलो गरी सुरु भएको संसद बैठकमा सभामुख अग्नि सापकोटाले बैठक प्रारम्भ गरे लगत्तै प्रचण्ड–नेपाल समुहका सांसद भीम रावलले सरकारको वैधानिकतामाथि प्रश्न उठाउनुभयो । सभामुखले मन्त्रीपरिषद् गठन सम्बन्धि राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउन लागेपछि प्रचण्ड–नेपालका सांसदहरु बैठक बहिष्कार गर्दै बैठकस्थलबाट बाहिरिएका थिए ।

त्यस लगत्तै सभामुख सापकोटाले सरकारले जारी गरेको संवैधानिक परिषद् सम्बन्धि अध्यादेश अगाडि बढाउन खोजेपछि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बैठक अवरुद्ध गरेको थियो । नेपाली काँग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको निर्णयको स्वागत गर्दै पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठक सहज सुचारु हुन नसकेकोमा पनि गम्भीर रुपमा लिएको बताइन । अर्को बैठक यही फागुन २६ गते बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्