रामेछापमा एमालेले मनायो खुसीयाली, देवकोटा चोकमा दिपावली



२३ फागनु, रामेछाप ।
सर्वोच्च अदालतले तत्कालिन एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला गरेसँगै रामेछापमा एमालेले खुसीयाली मनाएको छ । सर्वोच्च अदालतले नेकपा ऋषि कट्टेलललाई दिएसँगै एमाले र माओवादी केन्द्र ब्युँतिएको हो । अदालतको फैसलाको स्वागत गर्दै नेकपा रामेछापले सदरमुकाम मन्थलीमा जुलुस निकालेको छ ।

साँझ देवकोटा चोकमा अनेरास्ववियु र राष्ट्रिय युवा संघ रामेछापले दिप प्रज्वलनन गरेर अदालतको फैसलाको स्वागत गरेको नेकपा एमालेका नेता प्रकाश कुमार कार्कीले जानकारी दिए । दिप प्रज्वलनन कार्यक्रममा एमालेका नेता कार्यकर्ताको सहभागीता रहेको थियो । सूर्य चिन्ह बनाएर एमालेले मन्थलीको देवकोटा चोकमा खुसी मनाएको छ ।

प्रतिक्रिया दिनुहोस्