रामेछापमा बालिकामाथि बलात्कार गरेको आरोपमा बालक पक्राउ



२३ फागनु, रामेछाप ।
तीन साता अघि मात्र रामेछाप नगरपालिका–४ हिमगंगामा घरबाट आफन्तकोमा हिडेकी एक किशोरीमाथि जबरजस्ती करणीको प्रयास गर्ने मन्थली नगरपालिका–६ सुनारपानीका सविन केसी पुर्पक्षको लागि शुक्रवार मात्र जेल चलान भएकाकाे  घटना सेलाउन नपाउदै रामेछाप जिल्लामा फेरि अर्को अपत्यारिलो घटना घटेको छ ।

जिल्लाको एक स्थानीय तहमा एक बालिकालाई जबरजस्ती करणीको प्रयास गरेको आरोपमा एक बालकलाई जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेको छ । पीडित परिवारले दिएको उजुरीको आधारमा ती बालकलाई आइतवार पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय रामेछाप प्रवक्ता श्रीशकंर श्रेष्ठले बालिकालाई जबरजस्ती करणी गर्न खोज्ने एक बालकलाई पक्राउ गरिएको रामेछाप न्युजलाई बताए ।
उनले पक्राउ परेका बालकलाई चार दिन म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको छ । प्रहरी स्रोतका अनुसार बालकले मोबाइलमा अश्लिल भिडियो हेरेर आफूले बालिकामाथि जबरजस्तीको प्रयास गरेको स्वीकार गरेको बताइएको छ । प्रहरीले ती बालक र बालिका दुवैको मेडिकल चेकजाँच समेत गराइसकेको छ ।

मूलुकी संहिता अनुसार बालबालिका सम्बन्धि ऐन २०७५ अनुसार १४ बर्ष भन्दा माथि १६ बर्ष भन्दा कम उमेरको नाबालकले कसुर गरेमा उमेर पुगेको व्यक्तिलाई हुने सजायको आधा सजाय हुने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्