अस्पतालको बेडमा हुँदा पनि उमाकुण्ड गाउँपालिकाका अध्यक्ष सुनुवारलाई जनताकै चिन्ता



२४ फागुन, काठमाडौं ।
उमाकुण्ड गाउँपालिकाका अध्यक्ष अस्पताल शेर बहादुर सुनुवार अस्पताल भर्ना भएका छन् । अस्वास्थ्य भएपछि अध्यक्ष सुनुवार अस्पताल भर्ना भएका हुन् ।

अस्पतालमा उपचाररत उनले आफू अस्पतालमा बस्दा नागरिकहरुमा पर्न गएको असुविधाप्रति चिन्ता व्यक्त गरेका छन् । स्वास्थ्यमा समस्या भएपछि ललितपुरस्थित गणेशमान मेमोरियल अस्पतालमा उपचारत सुनुवारले आफू बिरामी हुँदा गाउँपालिकाबाट प्रवाह हुने सेवामा पर्न गएको असुविधाप्रति क्षमा मागेका छन् ।

अध्यक्ष सुनुवारले रामेछाप न्युजसँग भने,‘स्वास्थ्यमा समस्या भएपनि गाउँपालिकामै बसेर सेवा दिदै आएको थिए, तर अस्पताल नै भर्ना हुनु परेपछि केही दिन अस्पतालमै बस्नु पर्ने भएको छ, अब छिट्टै स्वास्थ्य भएर गाउँपालिकावासीको सेवामा फर्किन्छु ।’

रामेछापका आठ वटा स्थानीय तह मध्ये सुनुवारले आफूले पाउने गाडी सुविधा समेत नलिई नागकिरहरुलाई उक्त बजेटबाट एम्बुलेन्स खरिद गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्