मन्त्री ढुंगेलद्धारा सैपुमा विद्यालय भवनकाे उदघाटन (फोटोफिचर)



२४ फागुन, रामेछाप ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले लिखु तामाकोसी गाउँपालिका–२ सैपुमा निर्माण भएको अरुणोदय माविको नवनिर्मित विद्यालय भवनको उदघाटन गरेका छन् ।  ७० लाख रुपैयाँमा निर्माण भएको चार कोठे विद्यालय भवनको आज उदघाटन गरेका हुन् ।  कार्यक्रममा नेकपा एमालेका नेता एवं खानी निर्माण सेवाका सञ्चालक रत्न गौतम, नेकपा एमालेका नेता तुला प्रसाद कंडेल, नेकपा एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठ, सचिव पुरुषत्तोम कडेरिया लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्