अब एमाले रामेछापको इन्चार्जमा देवशकंर र अध्यक्षमा पौडेल



२४ फागुन, रामेछाप ।
सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीको आधिकारिता ऋषि कट्टेललाई दिने फैससा गरेसँगै नेकपा एमाले र माओवादी केन्द्र दुई पार्टी भएको छ । प्रतिनिधिसभा विघटनपछि नेकपा दुई समुहमा विभाजित भएको थियो । निर्वाचन आयोगमा दुवै समुहले आधिकारिताको दावी गर्दै आएको थियो । तर सर्वोच्च अदातले नेकपा कट्टेललाई दिएसँगै एमाले र माओवादी पूर्ववत अवस्थामा फर्किएका छन् । सर्वोच्चको फैसलाले २०७५ जेठ ३ गते अघिको अवस्थामा पुर्याइ दिएको छ । आज नेकपा प्रचण्ड–नेपाल समुहको स्थायी कमिटीको अन्तिम औपचारिक बैठकले अगल अगल हुने निर्णय गरेसँगै यसअघि रहेको कमिटीहरु नै स्वतः ब्युतिने भएका छन् ।

प्रचण्ड–नेपाल समुहमा रहेका एमालेका केन्द्रीय सदस्य देवशकंर पौडेलले फेरि जिल्ला इन्चार्जको जिम्मेवारी सम्हाल्ने भएका छन् । त्यसैगरी नेकपाको अर्को निर्णय नहुँदासम्म पार्टी एकता हुनुपूर्व जिल्ला अध्यक्ष रहेको बागमती प्रदेशका सांसद शान्ति पौडेल नै अध्यक्ष हुने भएका छन् । यद्यपी बदलिदो राजनीतिक समिकरणसँगै एमालेले सांगठानिक फेरबदलको निर्णय नगरेको हकमा पुरानै कमिटीले निरन्तरता पाउने बताइएको छ ।

एमाले रामेछापका अध्यक्ष शान्ति पौडेलले पुरानै कमिटीलाइ नै निरन्नतरता पाउने जानकारी पाएको रामेछाप न्युजलाई बताए । उनले भने,‘सर्वोच्च अदालतको निर्णयले पार्टी एकतापुर्वकै अवस्थामा फर्काएको छ, पार्टीले दिएको जिम्मेवारी पूरा गर्न लाग्छौं ।’

प्रतिक्रिया दिनुहोस्