सबै मिलौ पार्टी बनाऔंः मन्त्री ढुंगेल



२४ फागुन, रामेछाप ।
नेकपा एमालेका नेता एवं बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले सर्वोच्च अदालतलको फैसालले पार्टीलाई पहिलाकै अवस्थामा ल्याइ पुर्याएको बताएका छन् । सर्वोच्चको फैसलाले पार्टीलाई पहिलाको अवस्थामा फर्काइदिएकाले अब सबै मिलेर पार्टीलाई एकताबद्ध बनाउदै अगाडि बढनुको विकल्प नरहेको बताएका हुन् ।

रामेछापको लिखुतामाकोसी गाउँपालिका–२ सैपुको नवनिर्मित विद्यालय भवन हस्तान्तरण तथा भलिवल प्रतियोगिताको सोमबार उद्घाटन गर्दै मन्त्री ढुंगेललेविगतमा पनि पार्टी फुटेको र जुटेको इतिहास भएकोले यसबाट डराउनु पर्ने अवस्था नरहेको बताए ।

केपी ओली सरकारले विकास र समृद्धिको नयाँ युग सुरु गरेको बताउदै उनले हार्दा पनि पद चाहिने प्रवृत्तिले देशमा अहिलेको अवस्था आएको बताए । पार्टीभित्र नेताहरु प्रतिस्पर्धा गरेर आउनु पर्ने बताउदै मन्त्री ढुंगेलले प्रतिस्पर्धामा उत्रिन नसक्ने टिक्न नसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्