युवा संघ रामेछापका अध्यक्ष लामाले सम्हाले जिम्मेवारी



२५ फागुन, रामेछाप ।
राष्ट्रिय युवा संघ रामेछापका अध्यक्ष गणेशबज्र लामाले पदभार ग्रहण गरेका छन् । एमाले पार्टीको उदघाटन गरे लगत्तै युवा संघको पनि पार्टी कार्यालय उदघाटन भएपछि लामाले पदभार ग्रहण गरेका हुन् ।
मंगलवार एमालेका नेता एवं बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले युवा संघ र अनेरास्ववियुको संयुक्त रुपमा पार्टी कार्यालयको उदघाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्