१ लाख राशीको भलिवल प्रतियोगिता रामेछापको चण्डेश्वरी माविले जित्यो



२७ फागुन, रामेछाप ।
रामेछाप जिल्लाकै ठूलो धन राशी भएको भलिवल प्रतियोगिता रामेछापको चण्डेश्वरी मावि गाठपानीले जितेको छ । चण्डेश्वरी माविले १६ वटा टिमलाई पछि पादै प्रथम हुन सफल भएको हो । प्रथम हुने टिमले एक लाख रुपैयाँ नगद पुरस्कार सहित प्रमाणपत्र प्राप्त गरेको छ ।

त्यसैगरी प्रतियोगीतमा पचास हजार नगद जित्दै ओखलढुंगाको ग्रामोदय युगकवि सिद्धिचरण माविक द्धितिय र तीस हजार नगद जित्दै आयोजक अअरुणोदय मावि सैपु तृतिय भएको छ ।

चौथो पुरस्कार कालिका मावि मानेभञ्ज्याङले सान्त्वना पुरस्कार जितेको छ । खेलमा १७ टिम सहभागी रहेको अरुणोदय माविका प्रअ सन्तोष पौडेलले जानकारी दिए । उनका अनुसार खेल सञ्चालन गर्न करिब पाँच लाख रुपैयाँ भन्दा बढी खर्च भएको छ । खेलको प्रथम पुरस्कारको प्रायोजक खानी निर्माण सेवाका सञ्चालक रत्न गौतमले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्