एमालेमा खनाल–नेपाल समुहद्धारा समानान्तर कमिटी गठन को कहाँ ? (सूचीसहित)



२९ फागुन, काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षीय नेताहरुलाई पदच्युत गर्दै कमिटीहरु विस्तार गरेको भन्दै वरिष्ठ नेता माधव नेपाल पक्षले त्यसलाई काउन्टर गर्दै समानान्तर कमिटी विस्तार गरेको छ । आज बसेको केन्द्रीय कमिटी बैठकले समानान्तर कमिटी गठन गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको एकलौटी अघि बढ्न कदम विरुद्ध बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले काउण्टर जवाफ दिएको छ ।
जसअनुसार प्रदेश–१ को संयोजनको जिम्मा भीम आचार्यलाई, प्रदेश–२ को घनश्याम भुसाललाई, प्रदेश–३ को अष्टलक्ष्मी शाक्यलाई, प्रदेश–४ को जिम्मा सुरेन्द्र पाण्डेलाई, ५ र ६ को जिम्मा युवराज ज्ञवालीलाई र प्रदेश–७ को जिम्मा भीम रावललाई दिइएको छ । त्यस्तै, युवा विभागको जिम्मा रघु पन्त, विद्यार्थी विभागको जिम्मा गोकर्ण विष्ट, प्रचार विभागको जिम्मा योगेश भट्टराई, महिला विभागको जिम्मा अष्टलक्ष्मी शाक्यलाई र बुद्धिजीवि विभागको जिम्मा प्रमेश हमाललाई दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्