रामेछापबाट नेपाल समुहकाे भेलामा सहभागी भए कारवाही गर्ने अध्यक्ष श्रेष्ठको चेतावनी



३ चैत्र, रामेछाप ।
नेकपा एमाले केपी ओली समुह रामेछापले माधव कुमार नेपाल समुहले काठमाडौमा आयोजना गरेको भेलामा सहभागी नहुन निर्देशन दिएको छ । पार्टी नीति विपरीत गुटको भेला राखिएको भन्दै एमाले रामेछाप ओली समुहले पार्टीको कुनै पनि भेला नराखिएको हुँदा सो भेलामा सहभागी नहुन कडा निर्देशन दिएको हो ।

एमाले रामेछाप ओली समुह रामेछापले मंगलवार पत्रकार सम्मेलन गरेर भोली काठमाडौमा नेपाल समुहले आयोजना गरेको भेलामा सहभागी नहुन निर्देशन दिएको जानकारी गराएको छ । नेकपा एमाले रामेछापले एमाले केन्द्रिय कमिटीको नामको दुरुपयोग गरी बुधबार र विहीबार काठमाडौँमा आयोजना गरिएको कथित राष्ट्रिय भेलामा नजानका नेकपा एमाले रामेछापसँग आवद्ध सम्पूर्ण नेता, कार्यकर्ता तथा सदस्यहरुलाई निर्देशन दिएको एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठले जानकारी दिए ।

उनले भेलामा सहभागी हुन जिल्लाबाट जाने नेता, कार्यकर्ता र सस्यहरुलाई आवश्यक कारबाही गर्ने समेत चेतावनी दिए । पार्टी अध्यक्ष केपी ओलीले यही चैत्र ७ गतेका लागि केन्द्रिय कमिटीको बैठक बोलाएको बताउदै श्रेष्ठले नेपाल समुहले बोलाएको भेला अवैधानिक रहेका दावी गरे । एमाले ओली समुह रामेछापका सचिव पुरुषोत्तम कडेरियाले नेपाल समुहले अवैधानिक रुपमा भेलामा सहभागी नहुन कार्यकर्तालाई निर्देशन दिएको बताउदै पार्टी नीति विपरीत चले कारवाही हुने बताए ।

प्रतिक्रिया दिनुहोस्