एमाले रामेछापको आधिकारिक अध्यक्ष म हुँः पौडेल



४ चैत्र, काठमाडौं ।
नेकपा एमाले नेपाल समुह रामेछापका अध्यक्ष शान्ति पौडेलले पार्टीको आधिकारिक अध्यक्ष आफू भएको दावी गरेका छन् । उनले सर्वोच्च अदालतले पार्टी ब्युँताएपछि जिल्लाको अध्यक्ष आफू नै रहेको दावी गरेका हुन् ।

पौडेलले पार्टीलाई एकताबद्ध बनाएर लैजानको लागि पुरानी कमिटीलाई नै निरन्तरता दिनुको विकल्प नभएको बताए । पार्टी ब्युँतिएपछि जिल्लाको पार्टी कार्यालय उदघाटन गर्न कार्यक्रममा सहभागी भएपनि पौडेलाई ओली समुहले जिल्ला पार्टीको अध्यक्षको हैसियत दिएको थिएन ।

पार्टी विघटन हुनुपूर्व २०७५ जेठ ३ अघि पौडेल नै एमाले रामेछापको निर्वाचित अध्यक्ष रहेका थिए । पार्टी विघटन गर्दै एमाले र माओवादी विघटन गरेर बनेको नेकपा गठन हुँदा उनी रामेछापको सचिव रहेका थिए । अदालतले नेकपा खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्युँताइदिए पछि नेकपा एमाले ओली समुहले नेकपा रहदै नयाँ गठन गरेको जिल्ला कमिटीको अध्यक्ष र सचिवलाई निरन्तरता दिएको थियो ।

नेकपा दुई समुहमा विभाजित भएपछि ओली समुहले रामेछापको अध्यक्षमा आनन्द श्रेष्ठ र सचिवमा पुरोषत्तम कडेरियालाई चयन गरेको थियो । सोही कमिटीलाई नै अहिले निरन्तरता दिएपछि जिल्लामा एमाले नेपाल समुहले समानान्तर कमिटी गठन गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्