एमाले खनाल–नेपाल समुहको भेलामा रामेछापबाट ५३ जना सहभागी



४ चैत्र, काठमाडौं ।
पार्टी ब्युँतिए पनि प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीले एकलौटी निर्णय गरेर अगाडि बढन खोजेको आरोप लगाउदै आजबाट एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाल समुहको राष्ट्रिय कार्यकर्ता सुरु भएको छ ।

फागुन २८ गते महासचिव बाहेक सबै पदाधिकारीको जिम्मेवारी खोस्ने निर्णयसँग असन्तुष्ट रहेको खनाल–नेपाल समुहको कार्यकर्ता भेला आजबाट सुरु भएको हो । एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार कार्यकर्ता भेलामा तीन हजार भन्दा बढी सहभागी रहेका छन् ।


राष्ट्रिय कार्यकर्ता भेलामा रामेछाप जिल्लाबाट ५३ जना भन्दा बढी नेता कार्यकर्ता सहभागी रहेका छन् । भेलामा एमाले नेपाल–खनाल समुह रामेछापका इन्चार्ज देवशकंर पौडेल, जिल्ला अध्यक्ष शान्ति पौडेल, नेताहरु होम बुढाथोकी, ज्ञान कुमार श्रेष्ठ लगायतका नेताहरु सहभागी रहेका छन् ।शान्ति पौडेलले भेलामा जिल्लाबाट ५३ जना सहभागी रहेको रामेछाप न्युजलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्