रामेछापकी चेली द भ्वाइस अफ नेपालमा छनोट (भिडियाेसहित)



७ चैत्र, काठमाडौं ।
नेपालको चर्चित रियालिटी सो द भ्वाइस अफ नेपालमा रामेछापकी चेली सुजिता योञ्जन छनोट भएकी छिन् । चालिस हजार प्रतियोगी मध्येबाट योञ्जन ६४ जनामा छनोट हुन सफल भएकी हुन् ।

रामेछाप दोरम्बा गाउँपालिका–५ गुन्सालस्थित धारापानी निवासी योञ्जन सानैबाट गीत संगीतमा रुची राख्दै आएकी थिइन । द भ्वाइस अफ नेपालको सिजन सिजन ३ मा योञ्जन छनोट भएकी छिन् । हिमालय टिभीमा प्रशारण भएको भ्वाइस अफ नेपाल–३ ब्लाइन्ड अडिसनको पहिलो एपिसोडबाट छनोट हुन पाउदा निकै खुसी लागेको योञ्जनले रामेछाप न्युजलाई बताइन । मनिला सोताङको ‘दुख्छ छाती,पोल्छ मुटु’ बोलको गीत गाएकी उनलाई कोच दिप श्रेष्ठले आफ्नो टिममा लिएका छन् ।

गाउँमा रहदा पाखापखेरोमा बाख्रा गोठालो जाँदा,घाँस दाउरा जादा गीत गुनगुनाइ राख्नै उनले भ्वाइस अफ नेपालमा छनोट हुन पाउनु निकै ठूलो भाग्य भएको बताइन ।१८ बर्षिय योञ्जनले सुनापती गाउँपालिका–२ दिमीपोखरीको मन्दर माविबाट एसईई पास गरेर हाल नक्सालस्थित सृजना संगीत कलेजमा संगीत विषयमा अध्ययन गरिरहेकी छिन् ।
सुजिताको बुबा सुनिल लामाले रामेछाप न्युजसँग भने, छोरी सानैदेखि गीत संगीतमा रुचि राख्दिन, उनको चाहना अनुसार संगीत विषय लिएर नै अहिले पढदैछिन, भ्वाइस अफ नेपालमा छनोट हुन निकै खुसीको कुरा हो, छोरीको सपना पूरा गर्न लागि परेको छु ।’

https://www.facebook.com/Trollsindhu/videos/741891006696322

प्रतिक्रिया दिनुहोस्