आफ्नै शरीरमा आगो लगाउदा घाइते भएका रामेछापका भुजेलको मृत्यु
१४ चैत, काठमाडौं ।
रामेछाप जिल्लामा एक व्यक्तिले आफ्नै शरीरमा आगो लगाएका छन् । शरीरमा आगो लगाउदा घाइते भएका रामेछाप मन्थली नगरपालिका–५ सुनारपानीका ४३ बर्षिय हिरा भुजेलको उपचारको क्रममा आज मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी श्रीशकंर श्रेष्ठका अनुसार शुक्रवार राती भुजेले आफ्नै शरिरमा मट्टितेल छर्की आगो लगाएका र आफ्नै बुहारी सविना भुजेलले देखेपछि आगो निभाएका थिए ।
उक्त घटना थाहा पाए लगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा पाँच जनाको टोलीले उद्धार गरेर तामाकोसी अस्पतालमा ल्याएको थियो । श्रेष्ठका अनुसार भुजेललको अगाडिको भागको छाला जलेको, पछाडीको पाताको भाग जलेको र कपाल जलेको बोल्न सक्ने अवस्थामा थप उपचारको लागि काठमाडौं पठाइकोमा आज उपचारको क्रममा निधन भएको हो । भुजेलको आज किर्तिपुरस्थित अस्पतालमा उपचारको क्रममा निधन भएको श्रेष्ठले जानकारी दिए ।
