रामेछापको मन्थलीमा एक पुरुषको शव भेटियो



१५ चैत, रामेछाप ।
रामेछाप जिल्लाको मन्थली नगरपालिका–१ एयरपोर्ट नजिकै एक पुरुषको शव भेटिएको छ । ठेगाना र नाम थर नखुलेको करिब करिब ५० बर्षिय पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ ।

आकाशे कलरको धर्के टिसर्ट, कालो पाइन्ट, सेता र कलेजी कलरको क्यामोफ्याईज ज्याकेट लगाएको तराई मुलुकोजस्तो देखिने व्यक्ति एरर्पोटमा लडिरहेको अवस्थामा उद्धार गरेर उपचारको लागि तामाकोसी अस्पतालमा लगिए पनि अस्प्ताले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी श्रीशकंर श्रेष्ठले जानकारी दिए । उनले भने,‘डाक्टरले मृत घोषणा गरेको हुदा चिन्नुहुने जोकोहिले जिल्ला प्रहरी कार्यालय रामेछापमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ ।’

प्रतिक्रिया दिनुहोस्