मन्थली नगरपालिकाको सबै वडा जोडने सडक कालोपत्रे हुन्छः मन्त्री ढुंगेल



१५ चैत, रामेछाप ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले मन्थली नगरपालिकाको केन्द्रबाट सबै वडा जोडने सडक एक बर्षभित्र कालोपत्रे हुने बताएका छन् । उनले सदरमुकाम मन्थलीबाट सबै वडा जोडने सडकलाई उच्च प्राथमिकताको दिएकाे बताउदै केही वडा कार्यालयसम्म जोडने सडकको अहिले धमाधम कालोपत्रे भइरहको बताए ।

राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढुंगेलले जिल्लाको विकास निर्माणमा मन्थली नगरपालिकाले नै नेतृत्व गरेर अगाडि बढनु पर्ने बताए । उनले भने,‘अब धुलो उडने सडक कालोपत्रे हुन्छ, प्रदेश सरकारले सडकको पहिचान गरेर यस बर्ष थप बजेट विनियोजन गर्छ ।’

मन्त्री ढुंगेलले बजेट निर्माणको तयारीमा सरकार जुटिसकेको बताउदै पार्टीले यस पटक धेरै योजना छनोट गर्नेतिर भन्दा पनि स्थानीय तहको आवश्यकता पहिचान गरेर ठूलो योजना थोरै मात्र सिफारिस गर्न पनि आग्रह गरे ।

जिल्लाभित्र अहिलेसम्म हुन नसकेको विकास निर्माणको काम अगाडि बढेको बताउदै स्वास्थ्य, शिक्षा, विद्युत खानेपानी, सिचाईँ लगायतको क्षेत्रमा ठूलो फडको मारेको बताए । ‘रामेछापका जनताले मलाई मन्त्री बन्ने ठाउँसम्म पुर्याएका छन, मैले पनि यति नै बेला हो जिल्लाको विकास निर्माण गर्ने भनेर मन बचन र कर्मको साथ प्रतिबद्ध भएर लागेको छु ।’

उनले विकास निर्माणमा हुने ढिलासुस्ती लगायतको काममा स्थानीय सरकारले ध्यान दिनुपर्ने बताउदै गुणस्तरहिन काम किमार्थ स्वीकार्य नहुने बताए । जिल्लाको सुनापती, दोरम्बा र खाँडादेवी गाउँपालिका जोडने मुख्य सडकको धमाधम कालोपत्रे भइरहेको बताउदै अब खिम्ती नामाडी हुँदै कालाचौतारा जोडने सडकलाई प्राथमिकता दिइने बताए ।

प्रतिक्रिया दिनुहोस्