अब रामेछापका गाउँगाउँमा नागरिक आरोग्य सेवा केन्द्र



पृष्ठभूमीः
स्वस्थ भई बाँच्न पाउनु प्रत्येक नागरिकको मौलिक हक हो । यसै संबिधान प्रदत्त हकको कार्यान्वयनका लागि नेपाल सरकारले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्रदान गर्दै आईरहेको छ । सबै नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँच स्थापित गराउनका लागि स्वस्थ्य संस्थाहरु जनताको जति सक्दो नजिक पुर्याउन जरुरी हुन्छ ।त्यस कारण नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रत्येक पालिकाको वडास्तरमा नागरिकको स्वस्थ्य प्रवर्धनका लागि नागरिक आरोग्य सेवा केन्द्र स्थापना गर्ने नीति अबलम्बन गरेको छ । त्यसैका लागि नेपाल सरकारले आफ्नो नीति तथा कार्यक्रममा ूस्वस्थ नागरिक, स्वस्थ समाज र स्वस्थ जीवनू भन्ने अवधारणालाई कार्यान्वयनमा ल्याउन टोल टोलमा नागरिक आरोग्य सेवा केन्द्र संचालन गरिनेछ भनी उदघोष गरेको छ ।

परिचयः
नागरिक आरोग्य सेवा केन्द्र कुनै पनि पालिकाको वडा स्तरमा रहेको स्वास्थ्य संस्थामा रहेर नागरिकको स्वास्थ्य प्रवर्धन एवं रोग प्रतिषेधात्मक सेवाहरु प्रदान गर्ने एउटा स्वास्थ्य सेवा प्रवाह बिन्दु हो । यस केन्द्रबाट आयुर्वेद चिकित्सा पद्धतिको प्रयोगबाट नागरिकको स्वास्थ्य प्रवर्धन एवं रोग प्रतिषेध गरी नागरिकलाई निरोगी बनाउने दिशामा कार्य गर्दछ । यो केन्द्र स्थानीय तह तथा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको साझेदारीमा स्थानीय पालिकाको वडा स्तरको स्वास्थ्य संस्थामा स्थापना गरिनेछ । यस्ता केन्द्रहरु सबै पालिकाका सबै वडाहरुमा क्रमशः स्थापना गर्दै लैजाने नेपाल सरकारको योजना छ ।

उद्धेश्यः
१ मेरो स्वास्थ्य मेरो जिम्मेवारीू भन्ने नारालाई सार्थक बनाउन आम नागरिकलाई आफ्नो स्वास्थ्य प्रति सचेत भई नियमित योग, ब्यायाम गर्न प्रेरणा दिनुका साथै स्वस्थकर आहार, बिहार र ब्यवहारको बारेमा जनचेतना अभिबृद्धि गरी स्वस्थ नागरिक र स्वस्थ समाज निर्माणमा सहयोग पुर्याउनु ।
२ स्वास्थ्य सेवाका स्वास्थ्य प्रबर्धनात्मक एवं रोग प्रतिषेधात्मक पाटाहरुलाई जोड दिई नागरिकहरुलाई रोग लाग्नबाट जोगाउन भुमिका खेल्नु ।
३ केही नसर्ने रोगहरुका लागि आयुर्वेद चिकित्सा पद्धतिबाट चिकित्सा सेवा एवं पूर्वकर्म थेरापीहरु प्रदान गर्नु ।
४ आयुर्वेद सेवा अन्तर्गतका अन्य राष्ट्रिय एवं प्रदेश स्तरीय कार्यक्रमहरुबाट समेत स्थानीय नागरिकहरुलाई सेवा प्रदान गर्नु ।

क्रियाकलापहरुः
१ योग प्रशिक्षण तथा नियमित ब्यायाम सम्बन्धि कार्यक्रम
२ स्वस्थकर जीवनशैली बारेमा जनचेतना अभिबृद्धिकर कार्यक्रमहरु
३ स्थानीय जडिबुटि परिचय, प्रयोग, रोपण एवं संरक्षण सम्बन्धी जानकारी मूलक कार्यक्रमहरु
४ आयुर्वेद चिकित्सा सेवा एवं पूर्वकर्म थेरापी सेवा
५ आयुर्वेद सेवा अन्तर्गतका अन्य राष्ट्रिय एवं प्रदेश स्तरीय कार्यक्रहरु

नागरिक आरोग्य सेवा केन्द्र स्थापना बिधिः
आयुर्वेद स्वास्थ्य संस्था नभएका स्थानीय तहमा रहेको कुनै वडा स्तरको स्वास्थ्य संस्थामा निम्नानुसारका बिधिबाट नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिनेछ ।

१ वडा स्तरको स्वास्थ्य संस्था छनौट बिधिः
नागरिक स्तर वा जनप्रतिनिधि स्तरबाट माग भई आएका वडामा निम्नानुसारका आधारहरु बमोजिम सबैभन्दा उपयुक्त स्वास्थ्य संस्था छनौट गरिनेछ ।
क पहुँचको आधारख जनघनत्व
ग आम नागरिक एवं जनप्रतिनिधिको माग
घ नागरिक आरोग्य सेवा केन्द्रलाई प्राप्त हुनसक्ने भौतिक पूर्वाधार एवं संरचना
ङ स्थानीय तहले सो केन्द्र स्थापना तथा संचालनमा दिन सक्ने योगदान
२ यस आर्थिक बर्षमा रामेछाप जिल्लामा स्थापना भएका नागरिक आरोग्य सेवा केन्द्रको संख्या(सुनापति गाउँपालिका–४, जोरधारा सामुदायिक स्वास्थ्य ईकाई, रामेछाप नगरपालिका वडा नं ७, सुकाजोर स्वास्थ्य चौकी परिसर र खाँडादेवी गाउँपालिका वडा नं ८, भदौरेमा गरी जम्मा ३ वटा
३ साझेदारीः
नागरिक आरोग्य सेवा केन्द्र स्थानीय तह तथा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मन्थली, रामेछापको साझेदारीमा स्थापना एवं संचालन हुनेछ । यसमा दुबै पक्षहरुले निम्नानुसारका योगदानहरु दिनुपर्नेछ ।
क. जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मन्थली, रामेछाप
१ जनशक्ति ब्यवस्थाः १ जना प्राबिधिक (४ वा ५औ तह) र २ जना अभ्यङ्गकर्ता
२ औषधि उपकरण तथा जनचेतनामुलक सामग्री
३ कर्मचारी तालिम
४ सुपरिबेक्षण, अनुगमन तथा मुल्याङ्कन
५ तथ्याङ्क ब्यवस्थापन

ख. स्थानीय निकायः
१ स्वास्थ्य संस्था छनौट तथा त्यसमा नागरिक आरोग्य सेवा केन्द्रका लागि आवश्यक भौतिक संरचनाको ब्यवस्था (कमसे कम ३ कोठा)
२ फर्निचर फिक्चर तथा अन्य आवश्यक उपकरण
३ ब्यायामका लागि आवश्यक उपकरणहरु
४ संचालनका लागि आवश्यक पर्ने नपुग स्रोतको ब्यवस्था
५ सुपरिबेक्षण, अनुगमन तथा मुल्याङ्कन
६ अन्य आवश्यक सहयोगहरु

अपेक्षित प्रतिफलहरुः
आयुर्वेद स्वास्थ्य सेवा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालित वडा स्तरसम्म प्रवाह हुनेछ । नियमित योग, व्यायाम तथा स्वस्थकर जीवनशैलीको प्रशिक्षण तथा जनचेतनाका अभिबृद्धिका कारण नागरिकले आफ्नो स्वास्थ्यलाई आफ्नै जिम्मेवारीको रुपमा लिएर स्वास्थ्य प्रति सचेत भई आरोग्यको मार्गमा अगाडी बढ्ने प्रेरणा प्राप्त हुनेछ । रामेछाप जिल्ला भित्र स्थापना भएका सबै नागरिक आरोग्य सेवा केन्द्रहरु मिति २०७७। १०। ११ गते देखि एक साथ संचलनमा आएका छन् । नागरिक आरोग्य सेवा केन्द्र, सुनापति गाउँपालिका(४, जोरधारामा मिति २०७७र१०र११ गते औपचारिक समारोह बिच उदघाटन गरियो ।

(रामेछापका गाउँगाउँमा नागरिक आरोग्य सेवा केन्द्र)

प्रतिक्रिया दिनुहोस्