रामेछापमा पनि नेपाल समुहको समानान्तर कमिटी, यी हुन प्रदेश कमिटी सदस्यहरु (नामसहित)



२४ चैत, काठमाडौं ।
नेकपा एमाले वरिष्ठ नेता माधव कुमार नेपाल समुहले बागमती प्रदेशभर समानान्तर कमिटी घोषणा गरेको छ । नेपाल समुहले २०७५ जेठ ३ अघि कायम रहेको सदस्यहरुलाई नै प्रदेश कमिटीमा चयन गर्ने निर्णय गरेको हो ।

oznorMB

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति असन्तुष्ट बन्दै समानान्तर गतिविधि गर्दै आएको खनाल–नेपाल समूहले अष्टलक्ष्मी शाक्यको नेतृत्वमा १७५ सदस्यीय समानान्तर कमिटी घोषणा गरेको हो । जसमा १० जना पछि पछि मनोनयन गरिने बताइएको छ ।

समानान्तर कमिटीमा रामेछापबाट तीन जना सदस्य चयन भएका छन् । नेपाल पक्षका रामेछाप जिल्ला अध्यक्ष शान्ति पौडेल, मन्थली नगरपालिकाका नगरप्रमुख रमेश कुमार बस्नेत, सुवास लामा र धनबहादुर कार्कीलाई प्रदेश कमिटीको सदस्य चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्