माओवादीद्धारा सरकारमा सहभागी चार मन्त्रीमाथि कारवाही



२४ चैत, काठमाडौं ।
नेकपा माओवादी केन्द्रका तर्फबाट प्रतिनिधिसभामा विजयी ४ सांसदको पद निलम्बन भएको छ । सांसदहरु टोप बहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह र गौरी शंकर चौधरीलाई पार्टी सदस्य र सांसद समेत नरहने गरी कारबाही गरिएको हो । कारवाही गरेको पत्र संसद सचिवालयमा दर्ता गराएको छ ।
चारै सांसद केपी ओली सरकारमा मन्त्री रहेका छन् । उनीहरु माओवादी छाडेर केही समय पहिले ओली नेतृत्वको एमालेमा लागेका थिए भने पार्टीले स्पष्टीकरण सोध्दा समेत उनीहरुले जवाफ दिएका थिएनन् । मन्त्री रामबहादुर थापा बादलबारे कारबाही गरेको पत्र भने माओवादीले सचिवालयमा दर्ता गराइसकेको छैन । माओवादीबाट हाल खानेपानी मन्त्री रहेको मणि थापा भने सांसद छैनन् ।

प्रतिक्रिया दिनुहोस्