एमाले नेपाल समुह रामेछापकाे इन्चार्जमा देवशकंर, अध्यक्षमा पौडेल र सचिवमा श्रेष्ठ चयन



२४ चैत, नेकपा एमालेमा नेता माधवकुमार नेपाल समूहले वाग्मती प्रदेशमा छुट्टै संरचना बनाएको छ । आइतबार अष्टलक्ष्मी शाक्यको संयोजकत्वमा १७५ सदस्यीय समिति गठन गरेको यो समूहले जिल्लाहरुमा इन्चार्ज र जिल्ला कमिटीमा पदाधिकारीहरु पनि चयन गरेको हो । रामेछापमा इन्चार्ज देवशंकर पौडेल, अध्यक्ष शान्ति पौडेल र सचिवमा ज्ञानकुमार श्रेष्ठ चयन भएका छन् ।

oznorMB

देवशकंर पौडेल यसअघि पार्टीको इन्चार्ज रहेका थिए भने भने शान्ति पौडेल पनि जिल्ला अध्यक्ष रहेका थिए । सचिवमा चयन भएका ज्ञान कुमार श्रेष्ठले भने पार्टीको खाँडादेवी गाउँ कमिटीका संयोजक रहेका थिए । सर्वोच्च अदालतले पार्टी ब्यूँताउने फैसला गरेपछि नेपाल समुहले पुरानै कमिटीलाई निरन्तरता दिनुपर्ने माग गरेको थियो ।

तर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले नयाँ कमिटीलाई नै मान्यता दिने निर्णय गरेपछि अहिले नेपाल समुहले देशभर समानान्तर गतिविधि अगाडि बढाएको छ । पार्टी नीति विपरीत काम गरेको भन्दै यसअघि अध्यक्ष ओलीले वरिष्ठ नेता माधव कुमार नेपाल, नेताहरु भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पार्टीबाट निलम्बन गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्