रामेछापमा जताततै आगलागी, आगो नियन्त्रण बाहिर हुँदा स्थानीय चिन्तित



२५ चैत, रामेछाप ।
रामेछाप जिल्लाको मन्थली नगरपालिका र रामेछाप नगरपालिकाको पाँच भन्दा बढी ठाउँमा आगलागी भएको छ । तीन दिन अघिबाट मन्थली नगरपालिकाको विभिन्न ठाउँमा आगलागी भएपनि अझै नियन्त्रणमा आउन सकेको छैन् । स्थानीय, प्रहरी र भिनिन्न निकायले प्रयास गरेपनि आगो नियन्त्रण बाहिर गएको छ ।

त्यसैगरी रामेछाप नगरपालिका–८ को सामुदायिक वनमा विगत तीन दिनदेखि लागेको आगो अझै नियन्त्रणमा आउन नसकेको छैन् । त्यसैगरी मन्थली नगरपालिकाको सालु सुनुवारपानी लगायतको जंगलमा पनि आगलागी भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशकंर श्रेष्ठले रामेछाप न्युजलाई बताए ।

दैनिक रुपमा आगलागी हुन थालेपछि स्थानीयवासी चिन्तित बनेका छन् । एकै पटक धेरै ठाउँमा आगलागी भएको कारण एकै पटक ठूलो मात्रामा जनशक्ति परिचालन गर्न पनि समस्या सृजना भएको श्रेष्ठले जानकारी दिए ।

तस्बीरः देवराज बुढाथोकीबाट

प्रतिक्रिया दिनुहोस्