जनधनको क्षति हुन नदिन प्रहरी परिचालन गरेका छौः प्रवक्ता श्रेष्ठ



२५ चैत, रामेछाप ।
रामेछापको मन्थली नगरपालिका र रामेछाप नगरपालिकाको विभिन्न जंगलमा लागेको आगो नियन्त्रण बाहिर गएपछि जिल्ला प्रहरी कार्यालय रामेछापले थप सतर्कता अपनाउन स्थानीयवासीलाई आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशकंर श्रेष्ठले विगत तीन अघिबाट सुरु भएको आगलागी नियन्त्रणको प्रयास भएपनि सम्भव हुन नसकिरहेको बताए ।

उनले रामेछाप न्युजसँग भने,‘आगो तत्काल नियन्त्रण गर्न सक्ने अवस्था छैन, हामीले आगलागीबाट कुनै पनि मानविय क्षति नहोस भनेर प्रहरी परिचालन गरेका छौं ।’ स्थानीय सरकार र स्थानीयवासीसँग समन्वय गरेर रातीको समयमा कुनै पनि जनधनको क्षति हुन नदिन आफूहरु तयारी अवस्थामा बसेको श्रेष्ठले बताए । सीमित स्रोत र साधनलाई अधिकतम प्रयोग गरेर काम गरिरहेको बताउदै एकै पटक धेरै ठाउँमा आगलागी हुँदा नियन्त्रणमा कठिनाइ भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्